Saturday, July 1, 2023

मुक्तक

 मुक्तक  (नेपालको राजनीति)


झैझगडा लुछाचुडी हरदम मनोमानी भयो
सत्ता शक्ती खातिर मात्र अक्सर खिचातानी भयो
भ्रस्टाचार कुशासनको जालो लाग्यो जताततै
पार्टी नेता मालामाल देशको सधैं हानी भयो

मुक्तक  (नेपाली नेता)

चुनाव आउँछ, गाउँ झर्छन आश्वासनका पोका खोल्छन
हात जोड्छन, पाउ पर्छन सबैसंग मिठो बोल्छन
चुनाव जिती शहर पस्छन,देखिँदैनन फेरी कहिल्यै
जनताका सपना खै कहाँँ लगी कता पोल्छन

मुक्तक  (नेपाली जनता)

जती दु: परे पनि हरेश खान जान्या छैनन
बन्दैन कि देश भन्ने अहिलेसम्म ठान्या छैनन
नेपाली हुन धैर्यताको परिक्षामा सधैं अघी
पर्खिएरै बसेका छन झन्झट अझै मान्या छैनन

No comments:

Post a Comment